केर्खा बजारमा रात्री बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु
झापाको केर्खा बजारमा रात्री बसको ठक्करबाट दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ४३३१ नम्बरको बसको ठक्करबाट कमल गाउँपालिकास्थित केर्खा बजारमा आज साँझ दुई जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत केर्खा बजारमा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीलाई काठमाडौँतर्फ जाँदै गरेको रात्री बसले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खाका ६० वर्षीय टेकबहादुर लिम्बू उनका नातिनी १२ वर्षीय कृपा लिम्बूको मृत्यु भएको खुलेको छ । ती बालिकाको आज परेको जन्म दिन मनाउन हजुर बुबा र नातिनी बर्थडे केक र मासु लिएर फर्कदै गर्दा रात्री बसले ठक्कर दिएको हो ।
घटनापछि केर्खा बजार तनाबग्रस्त बनेको छ। आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने ठक्कर दिने बसलाई तोडफोड गरिएको छ । प्रहरी चौकी केर्खामा राखिएको ठक्करदिने बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । केर्खामा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ ।